arrow

ग्राहकलाई फाइभजीमा लैजान एनसेलको ‘सधैँ अन’ योजना, मोबाइल डेटाशुल्क आधा सस्तो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
necll-81-2-2.jpg

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले डाटा सकिए पनि केन ब्यालेन्सबाट पैसा नकाटिने व्यवस्था सहितको ‘सधैँ अन’ योजना सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई फाइभजी टेक्नोलोजीका लागि तयार बनाउने उद्देश्य सहित एनसेलले यस्तो योजना सार्वजनिक गरेको हो । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्वोर कायुमोभ उक्त योजना सार्वजनिक गरे । 

यस योजनाको मुख्य औचित्य भनेको नेपाली ग्राहकलाई आफ्नो ब्यालेन्स सकिने हुने डरबिना नै डेटा सधैँ अन राख्ने अवस्था बनाउनु रहेको सीईओ कायुमोभको भनाइ छ । ‘उपभोक्ताका आवश्यकताहरु परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरुले आफ्ना दैनिक कार्यहरु जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई ‘सधैँ अन’ अर्थात् अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ’, कायुमोभले भने।

‘‘सधैँ अन’ मार्फत एनसेल ग्राहकका ब्यालेन्स सकिने हुने समस्या समाधान गर्न प्रतिबद्ध रहेको  जनाएको छ । एनसेलले यसअघि रहेको पाँच दर्जन बढी डेटा प्याकलाई घटाएर २० वटामा झारेको छ।

कार्यक्रममा सीईओ कायुमोभ भारतपछि नेपाल व्यावसायिक रुपमा फार्इभजी सञ्चालनमा ल्याउने दक्षिण एशियाको दोस्रो मुलुक बनोसु भन्ने चाहना रहेको बताए । यसका लागि अहिलेको योजना महत्वपूर्ण पहिलो कदम रहेको उनको भनाइ छ । 

के छ ‘सधैँ अन’ मा सुविधा ? 

एनसेलको  ‘सधैँ अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ वटा समुहमा ८ वटा विभिन्न आकर्षक प्लान सञ्चालनमा ल्याएको छ। यसमा ७ दिनको समयसीमा हरेको  ९८ रुपैयाँ बाट सुरु हुने प्याकदेखि २८ दिन समयावधि रहेको १४९९ रुपैयाँसम्मका विभिन्न प्लान छन्। 

हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बन्डलिङ रहेका छन् । यी प्लानले ग्राहकलाई विद्यमान शुल्कभन्दा दुईगुणा सस्तोमा मोबाइल डेटा हुन्छ । यसका साथै ‘सधैँ अन’ सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्क डेटा समेतप्राप्त गर्नेछन् । यसका लागि एनसेलले बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन समूहमा ८ वटा प्लान सञ्चालनमा ल्याएको छ । 

उदाहरणका लागि यदि कुनै ग्राहकले ९९ रुपैयाँको को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् । यो ७ दिनको लागि मान्य रहनेछ। त्यस्तैगरी ४९९ रुपैयाँकोे बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनका लागि मान्य रहनेछ।

आफ्नो आवश्यकताअनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरु पनि ल्याएको छ। उदाहरणका लागि यस प्लानअन्तर्गत १४९९ रुपैयाँको प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन्। यो प्याकअन्तर्गतको सेवाहरु २८ दिनका लागि मान्य रहने जनाइएको छ । 

ग्राहकले *१२३# डायल गरी सजिलै आफ्नो आवश्यकताअनुसार कुनै पनि ‘सधैँ अन’ प्लान लिनसक्ने एनसेलले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ