पोखरा । स्याङ्जामा एक १५ वर्षकी नाबालिकलाई जवरवस्ती करणी गरी गर्भवती बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिनास गाउँपालिका वडा नं. ३ सिरिन्डाँडाका २१ वर्षीय रिमबहादुर थापा छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार थापाले बालिकालाई गत कात्तिकमा रातको समयमा जबरजस्ती करणी गरेका थिए । बालिका गर्भवती भए पनि सो घटना बाहिर आएको हो ।