arrow

बजेट बनाउन राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दियो १९० सुझाव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
mahaprasad-adhikari-.jpg

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटका लागि १९० वटा सुझाव दिएको बताएका हुन् । 

उनले आगामी बजेटका लागि सातै प्रदेशबाट सङ्कलित सुझावको आधारमा अर्थ मन्त्रालयलाई सुझाव दिइएको पनि बताए । उनले राष्ट्र बैंकले सातै प्रदेशमा प्रि –बजेट सुझाव सङ्कलन गरेर अर्थ मन्त्रालयलाई बुझाएको बताए । उनले पर्यटनसँग सम्बन्धित १९ वटा,कृषि,पशु,वनसँग सम्बन्धित २५,उद्योगका १० गरी मौद्रिक र बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव अर्थ मन्त्रालयलाई दिएको बताए ।

उनले भने,‘प्रदेशका समस्याहरू समाधान गर्ने गरी सरकारलाई सुझाव दिने गरेका छौं । आगामी आर्थिक वर्षको बजेटको लागि सुझावहरू गइसकेको छ । राष्ट्र बैंकका सुझावमा पर्यटनसँग सम्बन्धित १९ वटा,कृषि,पशु,वनसँग सम्बन्धित २५,उद्योगका १० गरी मौद्रिक र बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव अर्थ मन्त्रालयलाई दिएका छौं ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन,२०५८,बैंक तथा वित्तीय संस्था ऐन,२०७३,बैंकिङ कसुर तथा सजाय ऐन,२०६४ लगायत अन्य वित्तीय क्षेत्रसँग सम्बन्धित ऐनहरू संशोधन गरी समयअनकुल गरी सुधार गर्न सुझाव दिएको बताए । उनले अर्थतन्त्रको सन्तुलन र दिगो विकासमा वित्तीय क्षेत्रको भूमिका सुदृढ तुल्याउन तीनै तहका सरकारसँग समन्वय गर्नुपर्ने बताए । उनले वित्तीय प्रणालीको स्थायित्वको सम्बन्धमा नियामक निकायहरुबीचको समन्वय र सहकार्यलाई सुदृढ बनाउनुपर्ने सुझाव दिएको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ