- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा यही जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पोखरामा पत्रकार सम्मेनलन गर्दै जानकारी दिएको हो ।
प्रतियोगिता विजेताले एक लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुनेले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए ।
पोखरा-३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुने क्लबस्तरीय भलिबल प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गराईने प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए ।
‘पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गर्दै छौं’, संयोजक गुरुङले भने, ‘प्रतियोगितामा सहभागिता जनाउन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका तीन जना खेलाडी मात्र सहभागिता हुन पाउनेछ ।’
प्रतियोगिता संयोजक गुरुङले भलिबल प्रतियोगिताको उद्घाटन समारोहको दिन निशुल्क प्रवेश रहेपनि जेठ ३ गतेदेखि टिकट शुल्क निर्धारण गरेको छ ।
प्रतियोगिताको दोस्रो दिन एक सय, सेमिफाइनलमा एक सय ५० र फाइनल खेलमा दुई सय रुपैयाँ टिकट रहेको छ ।
संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले गण्डकीका प्रदेशका नाै जिल्लामा विभिन्न खेलकुद प्रतियोगिताका विधा सञ्चालन गर्दै आएको बताए ।
‘संघले गण्डकी प्रदेशको नाै जिल्लामा विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएका छ’, अध्यक्ष शेरचनले भने, ‘खेलकुदका विभिन्न विधामध्ये कास्कीमा पहिलो पटक भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो ।’