arrow

चरित्र हत्या गरिएको भन्दै पारसले दिए चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
paras-khadka-can-secretary.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले भैरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।  

उनले नेपालको कानूनले कसैलाई पनि बिना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन भन्दै नेपालको कानूनले सबैलाई कानूनी उपचारको बाटो खुला राखेको स्पष्ट गरेका छन् । 

उनले अगाडि भनेका छन्, ‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दिप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ। यो सबैकाबीच समेत तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानूनी दायरामा ल्याउनेसमेत जानकारी गराउन चाहन्छु ।’

खड्काले नेपाली क्रिकेटप्रतिको आफ्नो निस्वार्थ भावना र यसको विकास, विस्तारप्रतिको आफ्नो अठोटमा कदापि पनि परिवर्तन नआउने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ