भूमध्य सागरमा इजरेली व्यापारिक जहाज आक्रमण गर्ने हुथी विद्रोहीको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
1.1k
Shares
काठमाडौँ। यमनको हुथी समूहले भूमध्य सागर पार गर्ने सबै इजरेली–सम्बन्धित व्यावसायिक जहाजहरूमा आफ्नो ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा गरेको छ ।
हुथी सैन्य प्रवक्ता याह्या सारियाले भूमध्य सागरमा इजरेलतर्फ जाने वा सम्पर्क राख्ने सबै जहाजहरू आफूहरूको आक्रमणको निशाना हुने बताए ।
प्रवक्ताले इजरेलले दक्षिणी गाजामा रफाह विरुद्ध आक्रामक सैन्य कारबाही शुरु गरे हुथीहरूले इजरेली बन्दरगाहहरूसँग सम्झौता गर्ने सबै जहाजहरू र कम्पनीहरूलाई निशाना बनाउने बताए ।
इजरेलले आफ्नो युद्ध बन्द नगरेसम्म र गाजा पट्टीमा नाकाबन्दी नहटाएसम्म हामी सैन्य वृद्धिलाई निरन्तरता दिन नहिचकिचाउने बताए ।
यमनको लामो गृहयुद्ध सन् २०१४ मा शुरु भयो । जब हुथी समूहले राजधानी साना र रणनीतिक रेड सी बन्दरगाह शहर होडेडाहसहित देशको उत्तरी भागमा आफ्नो नियन्त्रण कब्जा गरेको थियो ।