arrow

विपन्न वृद्ध र दृष्टिविहिन वालिकालाई जाडोयामका कपडा वितरण

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ मंसिर ११ शनिबार
kapadabitaran.jpeg
पाँचथर । पाँचथर लुम्फाबुङ ६ की एक वृद्ध र वालिकालाई जनसेवा समाजले घरमै पुगेर लत्ताकपडा प्रदान गरेको छ । स्थानिय ९१ वर्षिय आइतरानी तामाङ लाई शनिबार समाजका अध्यक्ष राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले घरमै गएर जाडो यामका कपडाहरु वितरण गरेको हो ।
 
 विपन्न परिवारकी ती वृद्ध र सोही घरकी जन्मजात दृष्टिविहिन ८ वर्षिय वालिका विनिता तामाङ लाई सिरक,डसना,स्वीटर,पेटीकोट,लुङगी,सुरुवाल र भेष्ट लगायत लत्ताकपडाहरु वितरण गरेको टोलीमा सहभागि समाजसेवी जगत थापाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ