arrow

उच्च रेमिट्यान्स आप्रवाह गरेबापत हिमालयन बैंकलाई राष्ट्र बैंकको सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
rastrabank-annualday-69.jpg

काठमाडौँ । हिमालयन बैंक नेपाल राष्ट्र बैंकबाट सम्मानित भएको छ । बैंकिङ च्यानलमार्फत आप्रवाह हुने रेमिट्यान्समध्ये दोस्रो सर्वाधिक रेमिट्यान्स भित्र्याएको भन्दै राष्ट्र बैंकले हिमालयनलाई यो सम्मान दिएको हो । 

नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसी घिमिरेले बैंकलाई उक्त सम्मानको घोषणा गरे । राष्ट्र बैंकले अघिल्लो वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई पुरस्कृत गर्न थालेको हो । 

आर्थिक वर्ष २०७९/८० मा बैंकले यसरी भित्रिएको रेमिट्यान्सको २०.६ प्रतिशत हिस्सा ओगटेको थियो । पहिलो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले २१.०१ प्रतिशत र तेस्रो स्थानमा रहेको नेपाल एसबीआई बैंकले १९.१ प्रतिशत हिस्सा ओगटेको राष्ट्र बैंकले जनाएको छ । 

शुक्रबार आयोजित राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रतिनिधिलाई उक्त रकम हस्तान्तरण गरे । हिमालयन बैंकले अहिले आफ्नो सहायक कम्पनी हिमाल रेमिटमार्फत् रेमिट्यान्सको काम गर्दै आएको छ । 

यद्यपि यसरी भित्रिएको रकममध्ये बैंकिङ च्यानलमार्फत भित्रिने रकम मात्रै यो प्रयोजनको लागि गणना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ