arrow

इलाममा २९ हजार १५२ सदर मत, कसलाई कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
suhang-dambar-dekendra-milan.jpeg

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना भइरहेको छ । मतगणनामा नेकपा एमाले निकै अगाडि रहेको छ । 

इलाम नगरपालिका ७ को गौतमबुद्ध सभाहल (सिटी हल) मा भइरहेको मतगणनामा २९ हजार १५२ सदर मत गणना भएकामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार ६१९ मत प्राप्त गरेका छन् । दोस्रो स्थानका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६५९ मत ल्याएका छन् । 

तेस्रो स्थानका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७४५२ मत ल्याएका छन् । रास्वपाका मिलन लिम्बूले १५९६ मत ल्याएका छन् । 

निकै सुस्त गतिमा गणना भइरहेको छ । प्रत्येक दुई घण्टामा अपडेट दिने भनिए पनि त्योसमेत सफल हुन सकेको छैन । 

शनिबार भएको मतदानमा इलाम २ मा ५९.७९ प्रतिशत मतदान भएको थियो । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । 

यही गतिले गणना हुँदा मंगलबार बिहानमात्र नतिजा आउने सम्भावना छ । 

इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

यो क्षेत्रमा यसअघि एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जितेका थिए । नेम्वाङको गत भदौमा निधन भएपछि उनको स्थानमा उपनिर्वाचन भएको हो । एमालेबाट उनकै छोरा सुहाङ मैदानमा छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ