arrow

बझाङमा १०२५४ सदर मतमा एमालेको ३७४८, कांग्रेसको ३१८२

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
bajhang1-daman-abhishekh.jpeg

काठमाडौँ । बझाङ प्रदेश सभा १ मा प्रदेश सभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रमा भइरहेको मतगणनामा नेकपा एमाले अगाडि रहेको छ । १० हजार २५४ सदर मतमा एमालेका दमनबहादुर भण्डारीले ३७४८ मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३१८२ मत ल्याएका छन् । 

माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो स्थानमा रहेका छन् । उनले २००६ मत ल्याएका छन् । 

चौथो स्थानमा नेकपा एसका उम्मेदवार दिलबहादुर सिंह रहेका छन् । सिंहले ११४० मत ल्याउँदा राप्रपाका किशोरकुमार सिंहले ८५ मतमात्रै ल्याएका छन् । 

यो क्षेत्रमा २०७९ को चुनावमा कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको निधनपछि कांग्रेसबाट उनका छोरा अभिषेक उठेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ