arrow

इलाममा एमाले फराकिलो अन्तर बनाउँदै, एक हजार बढी मतको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
suhang-dambar-dekendra-milan.jpeg

इलाम । इलाम २ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका छन्।

हालसम्मको मतगणनामा सुहाङले ३ तीन हजार ७ सय ८३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मत ल्याएका छन्। नेम्वाङ एक हजार एक मतले अघि रहेका छन्।

स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७ सय ८४ मत पाएका छन्। रास्वपाका मिलन लिम्बूले ५ सय ६१ मत ल्याएका छन् ।

शनिबार भएको मतदानमा इलाम २ मा ५९.७९ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । 

इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

यो क्षेत्रमा यसअघि एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जितेका थिए । नेम्वाङको गत भदौमा निधन भएपछि उनको स्थानमा उपनिर्वाचन भएको हो । एमालेबाट उनकै छोरा सुहाङ मैदानमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ