arrow

उपनिर्वाचन २०८१

इलाम २ को मतगणनाका लागि बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
upanirwachan-2081.jpeg

काठमाडौँ । इलाम २ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुँदैछ ।

यसअघि निर्वाचन आयोगले गएराति ११ बजेसम्म मतपेटिका संकलन सकिने भने पनि राति ढिलो गरी मतपेटिका मतगणनास्थलमा पुर्याइएको थियो ।

इलाम २ को मतगणना इलाम नगरपालिका वार्ड नं ७ स्थित गौतम बुद्ध सभागृहमा गरिँदै छ । मुख्य निर्वाचन कार्यालयका अनुसार अहिले सर्वदलीय जारी छ । बैठक सकिने क्रममा रहेको र त्यसपछि मतगणना हुनेछ ।

शनिबार भएको निर्वाचनमा इलाम २ मा ५९.७९ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । 

इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । शान्तिपूर्ण रुपले सम्पन्न भएको चुनावमा एमालेका सुहाङ नेम्बाङ, नेपालीकांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ । 

यता निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा रास्वपाका लिम्बूलाई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ