arrow

इलाम २ को राति ११ बजेपछि र बझाङको आइतबार बिहान १० बजेपछि मतगणना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
ilam2-byelection-2081-candi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । इलाम २ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ । निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ ।

इलाम २ मा इलाम नगरपालिका वार्ड नं ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिँदै छ । आयोगका अनुसार राति ११ बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा आइपुग्ने जनाएको छ । त्यसपछि राति नै मत गणना शुरु हुने छ ।

त्यसति बझाङको उपनिर्वाचनका मतपेटिका भने आइतबार बिहान १० बजेसम्म मात्र संकलन भइसक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ (क) का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ ।  

शनिबार सम्पन्न मतदानमा इलाम २ मा ५९.७९ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको छ ।

यस उपनिर्वाचनमा इलाम २ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं  १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए । 

यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा ५२।९८ प्रतिशत मतदान भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ