arrow

सरकारी जग्गा बिक्री गरेको आरोपमा १० जनाविरुद्ध मुद्धा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
ciaa-office-FNL-new-.jpg.jpeg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंकप्रसाद निरौला, सोलुखुम्बुको खुम्बु गाउँपालिकाको वडा नम्बर १ बस्ने बुद्धमाया थापा मगर र उनको नाती रामकृष्ण थापामगर, फुर गेल्जे शेर्पा, ङिम याङजि शेर्पा, ल्हाक्पा दिकि शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्व मिङमा ल्हमू शेर्पालाई प्रतिवादी बनाएको छ ।

अख्तियारले उनीहरुले नक्कली श्रेस्ता खडा गरी सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा ६ लाख १८ हजार बिगो दाबी गर्दै मुद्धा दायर गरेको जनाएको छ ।
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ