arrow

मन्त्रिपरिषद्बाट सार्वजनिक बिदा रोक्न नसकेका गृहमन्त्री लामिछानेको फितलो तर्क 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
ravi-lamichhane-home-minist.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज मंगलबारका लागि सार्वजनिक बिदा दिने निर्णय गर्यो । कतारका राजाको राजकीय भ्रमणको अवसरमा सरकारले यस्तो बिदा दिने निर्णय गरेको हो । 

उक्त प्रस्ताव पास गर्ने क्याबिनेटमा गृहमन्त्री रवि लामिछाने पनि थिए, जसले विगतमा सरकारले घोषणा गर्ने अनावश्यक बिदाको सम्बन्धमा चर्को विरोध गर्थे । 

गृह मन्त्रालयकै प्रस्तावमा क्याबिनेटले बिदा दिने निर्णय गरेपछि यसको सबैभन्दा ठूलो विरोध गृहमन्त्री लामिछानेले खेपिरहेका छन् । विगतमा चर्को विरोध गर्ने आफैँले त्यही निर्णय गरेपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । 

उक्त आलोचनापछि लामिछानेले सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै विधि बनाउन समय लाग्ने प्रष्टीकरण दिएका छन् । उनले अनावश्यक बिदा कटौतीको विषयमा आफूले काम गरिरहेको भन्दै रिजल्ट आउन टाइम लाने अभिव्यक्ति दिएका छन् । उनले तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्नेसमेत बताएका छन् । 

तर अहिले राजकीय भ्रमणको समयमा सार्वजनिक बिदा दिनुपर्छ भन्ने कुनै कानून छैन । यस्तो बिदा दिने वा नदिने विषयलाई सरकारको स्वविवेकको निर्णयमा छाडिएको छ । त्यसो त अन्तर्राष्ट्रिय अभ्यासमा पनि राजकीय भ्रमणको प्रोटोकलमा सरकारी बिदा अनिवार्य पनि छैन । तर यति सच्याउन पनि उनले समय मागेका छन् । 

उच्चस्तरीय भ्रमणको समयमा सार्वजनिक बिदा नहुँदा काठमाडौँमा अत्यधिक ट्राफिक जाम हुने निश्चित थियो । विगतमा सरकारले सरकारी बिदा दिँदा यो बहाना बनाउने गरेको थियो । तर लामिछानेले त्यो पनि भनेका छैनन् । उनले विधि बनाउन समय मागेका छन् । 

जबकि राजकीय भ्रमणमा सार्वजनिक बिदा दिने अहिले कुनै नियम नै छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ