arrow

अदालतले दिएन केजरीवाललाई डाक्टरसँग परामर्श गर्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
arvind-kejariwal-always.jpg

काठमाडौँ । मदिरा प्रकरणमा हाल हिरासतमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले डाक्टरसँग परामर्श लिन नपाउने भएका छन् । सोमबार दिल्लीको राउज एभिन्यू अदालतले उनको याचिका खारेज गर्दै डाक्टरको परामर्श लिन नसक्ने बताएको हो ।

अदालतले एम्स अस्पताललाई केजरीवालको मधुमेहको उपचारको लागि इन्सुलिन आवश्यक रहेका वा नरहेको यकिन गर्न मेडिकल बोर्ड गठन गर्न निर्देशन दिएको छ । साथै अदालतले एम्स अस्पताललाई उनका अन्य स्वास्थ्य समस्या पत्ता लगाउनसमेत निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

केजरीवालले अदालतसँग आफूलाई मधुमेह रोग रहेको भन्दै डाक्टरसँग हरेक दिन १५ मिनेट परामर्श गर्न अनुमति मागेका थिए । उनलाई जेलमा इन्सुलिन दिइएको छैन । 

यसअघि प्रवर्तन निदेशानालय (ईडी) ले अदालतमा केजरीवालले जानाजानी जेलमा आँप र मिठाई खाइरहेका दाबी गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ