arrow

चैतमा आयात घट्दा राजश्वमा थप दबाब, यी हुन् धेरै कर उठ्ने १० वस्तुहरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
department-of-customs-भन्सार विभाग.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चैत महिनामा पनि नेपालको आयात व्यापारमा सुधार भएको छैन । सरकारी आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको उक्त व्यापार चैत महिनामा ५ अर्ब करोड रुपैयाँले घटेको हो । 

चालु आर्थिक वर्षको चैत महिनामा नेपालमा १ खर्ब ३७ अर्ब रुपैयाँ बराबरका मालवस्तुको आयात भएको भन्सार विभागले जनाएको छ । अघिल्लो वर्षको चैतमा यस्तो आयात १ खर्ब ४३ अर्ब रुपैयाँ रहेको थियो । यो ४.१६ प्रतिशतको गिरावट हो । विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा भने कुल आयात २.८४ प्रतिशतले मात्रै घटेको छ । 

नौ महिनाको यो अवधिमा ११ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा १२ खर्ब १ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । यसरी आयातमा गिरावट आउँदा भन्सार विन्दुबाट संकलन हुने आयात कर पनि घटेको छ । 

विभागका अनुसार यो अवधिमा सरकारले आयातबापत ३६ अर्ब १ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । अघिल्लो वर्षको चैत महिनाको भन्दा २ अर्ब ६८ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्षको चैतमा ३३ अर्ब ३२ करोड रुपैयाँ राजश्व उठाएको थियो । 

त्यस्तै यो वर्षको ९ महिनामा सरकारले ३ खर्ब ६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा २ खर्ब ७६ अर्ब रुपैयाँ राजश्व उठाएको थियो । समग्रमा १०.६७ प्रतिशतले राजश्व वृद्धि हुँदा चैत महिनाको राजश्व वृद्धि भने ८ प्रतिशतमा सीमित रहेको हो ।

उता, यो वर्षको चैत महिनामा १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तुहरु यो अवधिमा निर्यात भएको छ । अघिल्लो वर्षको चैतमा निर्यात १३ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । यो करिब १.१५ प्रतिशतको गिरावट हो । समग्र चैतसम्म भने यो वर्ष १ खर्ब १३ अर्ब ९४ करोडको निर्यात भएको छ । अघिल्लो वर्ष १ खर्ब १८ अर्ब २८ करोडको निर्यात भएको थियो जुन ३.६६ प्रतिशतको गिरावट हो । 

यी हुन् धेरै कर उठ्ने १० प्रमुख वस्तुहरु

चैत महिनासम्म सबैभन्दा बढी कर उठ्ने तीन वस्तुमा पेट्रोल, डिजेल र एलपी ग्यास रहेका छन् । तीन वस्तुहरु मात्रै ७६ अर्ब ५८ करोड रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै पेट्रोल इञ्जिनका एक हजार देखि १५ सय सीसीसम्मका कारहरु २ हजार १० वटा आयात हुँदा ५ अर्ब ७७ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यो सवारीको भन्सार मूल्य २ अर्ब २४ करोड रुपैयाँ छ ।  

त्यस्तै यो अवधिमा ५१ देखि १०० किलोवाटका इलेक्ट्रिक भेहिकल ४ हजार ७७ वटा आयात हुँदा यसले ५ अर्ब ६२ करोड रुपैयाँ राजश्व सहित पाचौँ उच्च राजश्व संकलन हुने वस्तु बनेको छ । इलेक्ट्रिक भेहिकलको ११ अर्ब ४६ करोड रहेको विभागले जनाएको छ ।

यो अवधिमा १२५ सीसी भन्दा कम क्षमताका मोटरसाइकल मात्रै ३६ हजार वटा आयात भएका छन् । उक्त आयातबाट ४ अर्ब ११ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यी मोटरसाइकलको मूल्य ३ अर्ब ४६ करोड रुपैयाँ रहेको देखिएको छ । 

त्यस्तै, कच्चा फलामबाट ४ अर्ब ८ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यसको भन्सार मूल्य २८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । 

मोबाइल फोनको बिक्रीबाट सरकारले ३ अर्ब ४ अर्ब ४ करोड रुपैयाँ राजश्व उठाएको छ । यो अवधिमा १३ लाख ९१ हजार मोबाइल आयात हुँदा २१ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ । 

त्यस्तै २७ अर्ब ८७ करोड मूल्य बराबरको आइरन प्लेटको आयातबाट ३ अर्ब ८१ करोड तथा १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको कोइलाबाट ३ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ