arrow

के छ केपी ओलीको १९५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ? [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
kp-oli-meeting-81-01-08.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय राजनीति २९ महिना निकै कष्टकर रहेको बताएका छन् । शनिबार गोदावरीमा नेकपा एमाले पहिलो राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यताका २९ महिना देश र र पार्टीको लागि अत्यन्तै चुनौतीपूर्ण र कष्टकर रहेको बताएका हुन् ।  

पार्टी विभाजन, पार्टीलाई सकारबाट हटाइने कुरा तथा एमाले विरुद्धको साझा गठबन्धन नेकपा एमालेका लागि निक्कै चुनौतीपूर्ण रहेको ओलीले धारणा थियो । ‘घेराबन्दी, भ्रम प्रचार, आक्रमणका माध्यमबाट नेकपा एमालेलाई समाप्त पर्ने षडयन्त्रलाई चिर्दै हामी आज तुलनात्मक रूपमा अनुकूल परिस्थितिमा आइपुगेका छौँ’, ओलीले भने ।

अहिलेको अवस्थालाई अत्यन्त जटिल र कठिन परिस्थितिलाई पार गरेर तुलनात्मक रूपमा अनुकूल स्थितिमा आइपुगेको मान्नु पर्ने ओलीले विश्लेषण गरे  । यद्यपि आज पनि पार्टी र देशका सामुन्ने चुनौती रहेका ओलीले बताए । 

निर्णायक राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेलाई स्थापित गर्ने र त्यही निर्णायक शक्तिका माध्यमबाट देशमा शान्ति, स्थायित्व, शासन, राष्ट्रिय हित र स्वाभिमान कायमा गर्दै समृद्धि र समाजवादको आधार तयार गर्ने मुख्य अभिभारा नेकपा एमालेको सामु रहेको उनले प्रष्ट पारे  । 

प्रतिनिधि परिषद् बैठकले महाधिवेशन यताका करिब साढे दुई वर्षको वस्तुनिष्ठ समीक्षा गर्दै सो अभिभारा पूरा गर्न आगामी दिनमा गर्नुपर्ने कामबारे आवश्यक निर्देश दिने ओलीले विश्वास व्यक्त गरे । 

पार्टीको दशौँ महाधिवेशन अराजकता र अवसरवाद माथिको संगठनात्मक विजयको महाधिवेशन भएको पनि उनले बताए । दशौँ महाधिवेशन संगठनात्मक अराजकताका विरुद्धको विजयको महाधिवेशन भएको उनले टिप्पणी गरे । 

विभाजनको मनोविज्ञान चिर्न, क्रान्तिका कार्यक्रम र कार्यदिशालाई अद्यावधिक गर्न, पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन र अग्रगति दिन महाधिवेशन अत्यन्त सफल भएको उनले बताए  । 

नेकपा एमालेले नेपालको कम्युनिष्ट आन्दोलनमा पहिलो पटक नीति र विधिको बारेमा मात्र छलफल गर्न विधान अधिवेशन आयोजना गरिएको स्मरण गरे । त्यसले पार्टी पंक्तिको मनोबललाई उच्च गराउने काम गरेको ओलीको धारणा छ । 

नीति र नेतृत्वको छलफल एकैपटक गर्दा नीतिमाथि छलफल नै नहुने अनुभवबाट पाठ सिकेर एमालेले विधान महाधिवेशन गरेको ओलीले बताए । 

महाधिवेशनले जनताको बहुदलीय जनवादका आवश्यकता, महत्त्व र औचित्यलाई पुनःपुष्टि गरेको उनको धारणा छ । अब कार्यक्रमको मुख्य जोड समाजवादको आधार तयार गर्नुमा रहेको एमालेको महाधिवेशनले निष्कर्ष निकालेको उनले बताए । त्यसलाई अर्को शब्दमा समृद्ध नेपाल सुखी नेपाली भन्न सकिने उनले बताए । 

आफैँमा उच्च लोकतान्त्रिक चरित्र भएको पार्टीले मात्र समाजमा लोकतन्त्र स्थापना र विकास गर्न सक्छ भन्ने स्पष्ट धारणा एमालेको रहेको उनले बताए । ‘एमाले नेपाली समाजमा लोकतन्त्र स्थापनाका लागि बलिदानी संघर्ष र सही नेतृत्व गर्ने पार्टी हो, नेकपा एमाले आन्तरिक पार्टी जीवनमा लोकतान्त्रिकणको मानक निर्माण गर्ने पार्टी हो’, ओलीले भने  । 

ओलीले नेकपा एमाले निक्कै अप्ठेरो परिस्थितिबाट गुज्रिएर आएको बताए । सबै खालका घेराबन्दी चिरेर एमाले अघि बढेको बताए । ‘पार्टीले आफ्नो सबैभन्दा अप्ठेरो कालखण्ड कष्टपूर्वक पार गरेको छ, हाम्रो पार्टी प्रति हामीले गर्व गर्नुपर्छ, जटिलतम भन्दा जटिलतम अवस्था पार गरेर आज हामी यहाँ आइपुगेका छौँ, आज पार्टी घेराबन्दी, षडयन्त्र र आक्रमणको चक्रब्युहलाई चिर्दै धुलो टकटक्याएर माथि उठेको छ’, ओलीले भने । 

पार्टी बचाउने उद्देश्यले विगतमा ठुला पार्टी संगठन बनाइएको ओलीले बताए । त्यी कमिटीलाई पार्टी बनाउने कमिटीका रूपमा परिणत गर्न पार्टीका प्रदेश अधिवेशन सम्पन्न भएका र जिल्ला, पालिका र वडामा समय अगावै अधिवेशनको अभियान अहिले चलिरहेको उनले स्पष्ट पारे  । 

पार्टीलाई मजबुत बनाउने अब पार्टीको आधारभूत कोर्ष पूरा नगरेको मान्छे पार्टी कमिटी र सार्वजनिक पदमा उम्मेदवार बन्न नसक्ने उनले  बताए । पार्टीमा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई रत्तीभर अघि बढ्न नदिने उनले स्पष्ट पारे । निष्ठावान् र एकताबद्ध पार्टी आजको आवश्यकता रहेको ओलीले बताए  । 

संगठनको स्तर र क्षमता वृद्धिमा विशेष ध्यान दिनु पर्नेमा ओलीको जोड थियो । पार्टीको जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउनु पर्ने ओलीले बताए  । 

एमाले मजबुत भएकोमा जनविरोधी शक्तिलाई छटपटी चलेको ओलीले आरोप थिया । एमालेविरुद्ध मिथ्या र भ्रामक सूचनाको आक्रमण र पार्टी एकतामा भाँजो हाल्ने प्रयास भइरहेकोप्रति उनले कार्यकर्तालाई सचेत गराए । 

समाजमा बढेको निराशामा टेकेर दक्षिणपन्थी र लोकवादी मिठा कुरा गर्ने शक्तिले नागरिकलाई प्रयोग गर्न सक्ने उनले बताए । यसको लागि सही विचार र दृष्टिकोण आवश्यक पर्ने ओलीले स्पष्ट पारे । 

लोकतन्त्रको विकल्प निरङ्कुश र सामन्तवादी शक्ति हुनै नसक्ने उनले बताए । ओलीले एमालेले सञ्चालन गरेको मिसन ग्रासरुटले पार्टीको आन्तरिक समस्या पत्ता लगाउन सहयोग गरेको बताए ।

त्यस्तै एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प अभियानले लोकतन्त्र प्रतिको आस्थालाई अझ प्रगाढ बनाएको उनले पारे । यसले पार्टी, नेता र जनता बिचको सम्बन्धलाई थप घनिष्ठ बनाएको टिप्पणी गरे । सो यात्राले जातीय तथा साम्प्रदायिक हिंसा भड्काउने षडयन्त्रलाई निष्क्रिय पारिदिएको उनले स्पष्ट पारे । 

पहाडी गाउँ रित्तिँदै जानु प्रमुख चुनौती रहेको उनले बताए । नेपालमा केही हुँदैन र केही गर्न सकिँदैन भन्ने प्रायोजित भाष्य र भ्रमपूर्ण प्रचारले युवा विदेश पलायन बढेको भन्दै उनको चिन्ता थियो । 

यसको लागि युवालाई देशमा नै गर्न सकिन्छ भन्ने धारणा विकास गराउन आवश्यक रहेको ओलीको भनाइ छ । ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना समारोह एमालेले भव्यताका साथ मनाउने जानकारी दिए  । प्रतिनिधि परिषद् बैठक सकिने बित्तिकै सो कार्यक्रम आयोजना हुने उनले जानकारी दिए ।

रास्वपा लक्षित ओलीको धारणा 
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र कांग्रेसको शक्ति विस्तारलाई विवेचना योग्य घटना भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिका रुपमा र कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिका रूपमा बताएका छन् । 

दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति बिस्तार नयाँ र विवेचनाको विषय भएको अध्यक्ष ओलीको भनाइ छ । निर्वाचन परिणामकै कारण आज मुलुकले ठूलो मूल्य चुकाउनु परेको उल्लेख गर्दै राष्ट्र र जनताको पक्षमा काम गर्न एमालेले सकारात्मक शक्तिहरुलाई साथमा लिएर अघि बढ्न जरुरी रहेको ओलीको भनाइ छ ।

 ‘निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रुपमा रहेका छन् । यस बीचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ,’ओलीले भनेका छन् । 

जनतामा देखिएको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ । ‘उनीहरूले यस्ता समस्यालाई उजागर र उपयोग गर्न त सक्छन् । तर उनीहरुसँग यसको समाधान भने छैन,’ अध्यक्ष ओलीले भनेका छन् ।

लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनै पनि खालको निरंकुशता हुनै नसक्ने पनि उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ