arrow

भारतले फिलिपिन्सलाई बेच्यो सुपरसोनिक क्रुज मिसाइल, रक्षा निर्यात ३२ प्रतिशतले वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
india-cruse-missile.jpg

नयाँदिल्ली । भारतले शक्तिशाली ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको पहिलो ब्याच फिलिपिन्सलाई हस्तान्तरण गरेको छ । सो निर्यातपछि भारतको रक्षा निर्यातमा ठूलो कदमको रूपमा हेरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतीय वायुसेनाले विशेष विमानबाट मिसाइलहरू फिलिपिन्समा पुर्‍याएको देख्न सकिन्छ। यस अवधिमा भारत र फिलिपिन्सका अधिकारीहरूले एकअर्कालाई मिठाई खुवाएका थिए ।

चीनसँग विवाद चलिरहेको बेला फिलिपिन्सले भारतबाट क्रुज मिसाइल प्राप्त गरेको हो । दक्षिण चीन सागरमा फिलिपिन्स र चीनका नौ सेनाहरू दिनहुँ आमनेसामने भइरहेका छन्। यो विश्वास गरिन्छ कि फिलिपिन्सले यी क्षेप्यास्त्रहरू चीनतर्फ तैनाथ गर्न सक्छ, जसले गर्दा उसले आफूलाई चिनियाँ सेनाबाट बचाउन सक्छ।

दुई वर्षअघि भारत र फिलिपिन्स बीच क्रुज मिसाइलको सम्झौता भएको थियो । यो सम्झौता ३७५ मिलियन डलरको थियो।

भारतीय वायुसेनाको सी १७ ग्लोबमास्टर कार्गो विमान ब्रह्मोस मिसाइलको पहिलो खेप लिएर शुक्रबार फिलिपिन्स पुगे पछि भारतीय नौ सेनामा खुसीयाली छाएको छ ।  भारतीय टोलीमा वायुसेना, नौसेना र ब्रह्मोस मिसाइलको टोली समावेश थियो, जुन डिलिवरीका लागि अर्को एसियाली देश पुगेको हो ।  

मिसाइलहरू फिलिपिन्स मरीन कोर्प्सलाई हस्तान्तरण गरिएको थियो। यस क्रममा भारतीय टोलीमा सामेल अधिकारीहरूले फिलिपिन्स मरीन कोरका सैनिकहरूलाई मिठाई खुवाएर मिसाइल प्राप्त गरेकोमा बधाई दिए।

के छ ब्रह्मोसको विशेषता ?

फिलिपिन्सबाहेक अर्जेन्टिना जस्ता देशले पनि ब्रह्मोस मिसाइल खरिद गर्न चासो देखाएका छन् । ब्रह्मोस एरोस्पेस प्राइभेट लिमिटेड, भारत र रुसको संयुक्त उद्यमले ‘ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल’ उत्पादन गर्छ। यो मिसाइल पनडुब्बी, जहाज, विमान वा ल्याण्ड प्लेटफर्मबाट प्रक्षेपण गर्न सकिन्छ। ब्रह्मोस मिसाइलको गति २.८ म्याच छ वा यसले आवाजको तीन गुणा गतिमा लक्ष्यमा आक्रमण गर्न सक्छ ।

भारतको रक्षा निर्यात एक वर्षमा ३२.५ प्रतिशतले वृद्धि
भारतको रक्षा निर्यात हरेक वर्ष बढिरहेको छ । आर्थिक वर्ष २०२३–२४ मा भारतले २ अर्ब ६३ करोड डलर अर्थात २१ हजार ८३ करोड रुपैयाँ बराबरको हतियार र रक्षा उपकरण विदेशमा निर्यात गरेको थियो । 

अघिल्लो वर्षको तुलनामा ३२।५ प्रतिशतले वृद्धि भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारको १० वर्षे कार्यकालमा भारतको रक्षा निर्यात तीव्र गतिमा बढेको छ । आर्थिक वर्ष २०१३–१४ को तुलनामा विगत १० वर्षमा रक्षा निर्यात ३१ गुणा बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ