arrow

भारत लैजाँदै गरिएको एक हजार दुई सय ८० प्याकेट चुरोटसहित तीन जना पक्राउ 

logo
सौरभ गिरी, 
प्रकाशित २०८१ वैशाख ५ बुधबार
illegal-cigerate.jpg

नेपालगञ्ज । नेपालगञ्जको जमुनाह नाकाबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा प्रहरीले तीन जना व्यक्तिसहित १२ सय ८० प्याकेट चुरोट बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक रविन्द्र बमको कमाण्डको टोलीले चेकजाँचका क्रममा आज बिहान जमुनाह हुँदै भारततर्फ लैजाँदै गरेको उक्त १२ सय ८० प्याकेट खुकुरी चुरोटसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

बाँके प्रहरीले बरामद गरिएको एक लाख ५८ हजार ७२० रुपैयाँको खुकुरी चुरोटसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको छ।



लोकप्रिय समाचार
नयाँ