arrow

रविलाई सहकारी ठगीमा प्रतिवादी नबनाइनु कानूनी राज्यको उपहास – रमेश खरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
ramesh-kharel-81-01-04.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता रमेश खरेलले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रतिवादी नबनाइनु कानूनी राज्यको उपहास भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै पूर्व प्रहरी अधिकृत खरेलले लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै उनलाई प्रतिवादी नबनाइनु कानूनी राज्यको उपहास भएको बताएका हुन् ।

उनले भनेका छन्–
‘गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै उनलाई प्रतिवादी नबनाइनु कानूनी राज्यको उपहास हो। सरकारले संवैधानिक छानबिन समिति बनाई भुइँमान्छेलाई न्याय दिओस् र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानबिनलाई निष्पक्ष रूपमा कार्य गर्न देउन् ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ