arrow

शक्तिकेन्द्रको दबाब

गृहमन्त्री लामिछानेलाई सहकारीको दुई करोड ऋणमा बनाइएन प्रतिवादी

रविलाई प्रतिवादी नबनाई अदालतमा अभियोजन पेश, २८ लाई मुख्य अभियुक्त, हजारलाई थप प्रतिवादी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
ravi-lamichhane-home-minist.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सुप्रिम सहकारीका शेयर होल्डर रवि लामिछानेले दुई करोड ऋण लिएको देखिए पनि उनलाई प्रतिवादी बनाइएको छैन । गोर्खा मिडिया नेटवर्कको नाममा  ग्लोबल आईएमई बैंकको खाता नम्बर ००१–००१–०१५–००००२२४ मार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेको नाममा जम्मा हुँदा सेवा शुल्क कट्टी गरेर एक करोड ९६ लाख रकम जम्मा भएको देखिए पनि उनलाई प्रतिवादी नबनाई अदालतमा अभियोजन पेश गरिएको हो । 

सोमबार जिल्ला अदालत रुपन्देहीमा बुझाइएको अभियोजन  छ । सो रकम २०७७ साल चैत १८ गते जम्मा भएको अभिलेख सरकारी वकिल कार्यालयले अदालत पेश गरेको अभियोजनमा उल्लेख गरिएको छ तर लामिछाने भने उम्किएका छन् । 

बुटवलस्थित सुप्रिम सहकारीबाट करिब पौने दुई अर्ब ठगी भएको ठहर गर्दै मुद्दा दायर भएको छ । २८ जनालाई मुख्य अभियुक्त बनाइएको मुद्दामा एक हजार २ जनालाई थप प्रतिवादी बनाइएको छ । 

रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको सेयरका लागि एक करोड ८० लाख र ऋणबापत दुई करोड लिएको तथ्य देखाइए पनि उनलाई प्रतिवादी नबनाउनको पछाडि शक्ति केन्द्रको दबाब रहेको स्रोतको दाबी छ । 

प्रतिवादीहरू गितेन्द्रबाबु (जीबी) राई, ओमप्रकाश गुरुङ, सागर केसी, भुपेन्द्र राई, देवेन्द्र राई र कुमार रम्तेलबाट एक करोड ५७ लाख ९६ हजार रुपैयाँ असुल गर्न माग दाबी गरिएको छ ।

यस्तै सहकारीमा संलग्न रहेका प्रतिवादीहरू दिनेश रोकाबाट तीन करोड ८० लाख, भविश्वर अर्यालबाट एकलाख ४० हजार, दुर्गा चापागाईं पाण्डेबाट १८ लाख, दिपक न्यौपानेबाट पाँच लाख ४५ हजार, हेमन्त अधिकारीबाट १३ लाख ५० हजार, कविता तामाङबाट एक लाख ५० हजार, नवीन अछामीबाट १० लाख, दिपेशकुमार पुनबाट तीन लाख, सुरज श्रेष्ठबाट दुई लाख ११ हजार माग दाबी गरिएको छ । 

यसैगरी राज बरालबाट एक लाख ६६ हजार ९६३ रुपैयाँ, मझर मोहम्मदबाट ३४ हजार, असरफ अली सिद्धिकीबाट ३४ हजार, आशीष आनन्दबाट एक लाख ९५ हजार, बुद्धि गुरुङबाट १८ हजार ७००, भिरजकुमार दासबाट ६ लाख ३६ हजार रुपैयाँ गरी जम्मा चार करोड ६० लाख २७ हजार रुपैयाँ असुल गर्न माग दाबी गरिएको छ । 

यस्तै अन्य एक हजार २ जनालाई पक्राउ गरी ६ करोड एक लाख २३ हजार ७५४ असुल गर्न अभियोजनमार्फत माग दाबी गरिएको छ । समग्रमा एक अर्ब ७२ करोड ४३ लाख ४७ हजार ५०७ रुपैयाँ असुल गर्न माग दाबी गरिएको छ ।

तर त्यही सहकारीबाट रकम लिएर अपचलन गर्ने लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई भने उन्मुक्ति दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ