arrow

पाँच खेलअघि नै जर्मन बुन्डेसलिगाको उपाधि बायर लिभरकुसनलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
bayer-liverkusen-german-bun.jpg

काठमाडौँ । बायर लिभरकुसनले यस सिजनको जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । वेरडेरविरुद्धको लिगको २९ औँ खेल ५–० गोल अन्तरले जितेसँगै लिभरकुसनले यो सिजन अपराजित रहँदै उपाधि जितेको हो ।

लिभरकुसनले लिगका ५ खेलअघि नै उपाधि जितेको हो । २९ खेलमा २५ जित र ४ बराबरी खेलेको लिभरकुसनको ७९ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको सर्वाधिक सफल बायर्न म्युनिखको ६३ अंक रहेको छ ।

यसअघि पाँच पटक उपविजेता बने पनि लिभरकुसनले बुन्डेसलिगाको उपाधि जितेको यो पहिलो पटक हो । बुन्डेसलिगाको उपाधि सबैभन्दा बढी भने बायर्न म्युनिखले ३२ पटक जितेको छ ।

१८ टोली सहभागी बुन्डेसलिगामा दुई टोली रेलिगेशनमा पर्छन् । डाम्स्टाड रेलिगेशनमा परिसकेको छ भने एक टिमको छिनोफानो हुन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ