arrow

सपनतीर्थमा राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
sapan-tirtha-ramchandra-pou.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन् । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गरेका हुन् । 
      
राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गरेका थिए ।
            
आज सपनतीर्थमा स्नान मेला पनि शुरू भएको छ । यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् । सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ । 

सपनतीर्थमा मेलासँगै टोखामा विस्का नखः (जात्रा) पनि शुरू भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए । जात्रा बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ