arrow

विश्व सुमो च्याम्पियन अकेबोनोको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
akebone-kusti.jpg

टोकियो । अमेरिकामा जन्मेका पूर्व सुमो कुश्ती च्याम्पियन अकेबोनोको निधन भएको छ । उनको परिवारले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो । 

अन्य विदेशी सुमो रेस्लरहरूको लागि प्रेरणादायी मानिने ५४ वर्षीय ती खेलाडीकोृ जापानको एक अस्पतालमा हृदयघातका कारण मृत्यु भयो । 

हवाईमा चाड जर्ज हाआहेओ रोवानमा जन्मेका अकेबोनो पहिलो गैर जापानी योकोजुना बनेका थिए, जो एक सुमो ग्रान्ड च्याम्पियनसमेत हुन् । सो विधाको खेलकुदमा उनी उच्चतम श्रेणीका खेलाडी मानिन्थे ।

‘यो दुःखका साथ हामी घोषणा गर्दछौँ कि टोकियो क्षेत्रको अस्पतालमा हेरचाह गर्ने क्रममा अकेबोनो तारोको यस महिनाको सुरुमा हृदयघातका कारण मृत्यु भयो,’ उनको परिवारले जापानमा अमेरिकी सेनामार्फत एक विज्ञप्तिबाट भने ।

‘उनले ६४ औँ योकोजुनाको रूपमा सुमो बुमको नेतृत्व गरे र ११ च्याम्पियनशिप जित्नेसहित धेरै उपलब्धिहरू हासिल गरेका थिए’, जारी विज्ञप्तिमा भनिएको छ । उनले सन २००१ मा सुमोबाट अवकाश लिए ।

जापान सुमो एसोसिएसनका अनुसार अकेबोनोलाई सन २०१७ मा कुस्ती खेलपछि अस्पताल लगिएको थियो र त्यसयता उनी अस्वस्थ थिए । उनका श्रीमती, छोरी र दुई छोरा रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ