लिङ्देनको आरोप- राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइयो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
794
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले राजनीति लेखपढले मात्र नहुने बताए ।
उनले पछिल्लो दिनमा राजनीति विकृत भएको बताए । उनले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेसा जस्तो सोचिरहेको बताए । उनले राजनीति भन्ने बित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको बताए ।
उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ । राजनीतिलाई मान्छेहरूले, राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेशा जस्तो मानिराखेको बेलामा राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवी त्यस्तो नाम हो, जसले राजनीतिलाई पेसा नभई सेवाको रूपमा अवलम्बन गर्नुभयो ।’
अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा नभई सेवाको रूपमा अवलम्बन गर्नुपर्ने बताए ।