रवि लामिछानेलाई कांग्रेसको प्रश्न – गल्ति छैन भने छानबिनको लागि किन तयार नभएको ?
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
1.7k
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए ।
सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगिको छानबिन अवरुद्ध भएको दाबी गरेका थिए । सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप लगाउँदै संसदीय छानबिन आवश्यक रहेको बताए ।
सांसद खतिवडाले आफूहरुका माग सरकारले नसुनेको बताउँदै सहकारीको एक अर्ब भन्दा बढी गोरखा मिडियामा लगानी भएको र सो मिडियाको प्रबन्ध निर्देशक रवि लामिछाने रहेकोले छानबिनको माग आफूहरुले गरेको बताए ।
उनले आफूहरुले कसैप्रति पूर्वाग्रह नराखेको बताउँदै गल्ति छैन भने भने छानबिनको लागि किन तयार नभएको भन्दै प्रश्न गरेका थिए ।