arrow

अडियोमा प्रशासनको नागरिक वडापत्र

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ मंसिर ८ बुधबार
Terhathum-hamrakura.jpg.jpeg
तेह्रथुम । जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन अडियो प्रविधिमा नागरिक वडापत्र राखेको छ । कार्यालयले प्रवाह गर्ने सेवालाई लाभग्राहीमैत्री र सरल बनाउन अडियो प्रविधिमा नागरिक वडा पत्र राखेको हो ।
 
नागरिकलाई छिटो, छरितो र सहज ढंगले सेवा प्राप्त गर्न सुविधा मिलोस् भन्ने ध्येयले अडियो नागरिक वडापत्र राखिएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानले बताए । कार्यालयबाट प्रवाह हुने सेवा सुविधा, लाग्ने समय, दस्तुर र सम्पर्क व्यक्तिसमेत उल्लेखित अडियो दिनैभरि बजाइने गरिएको छ ।
 
कार्यालयको अघिल्तिर रहेको प्रतिक्षालय नजिकै राखिएको साउन्ड बक्समार्फत कार्यालय समयभित्र दिनैभरि कार्यालयबाट सम्पादन हुने सेवाबारे जानकारी गराइने गरिएको प्रजिअ न्यौपानेले जानकारी दिए । सो अडियोमार्फत कार्यालयको सेवाहरु नागरिकता, राहदानी, संघ संस्था र पत्रपत्रिकाको दर्ता तथा नवीकरण, उजुरी, गुनासाहरु लगायत विषयमा जानकारी गराइएको छ ।
 
यो बाहेक कार्यालय प्रवेशद्धारमै राखिएको नागरिक वडा पत्रमा पनि कार्यालयबाट प्रदान गरिने सेवाहरुका बिषयमा जानकारी गराईएको छ । तर अधिकांश लाभग्राहीले साइन बोर्डमा लेखिएको नागरिक बडापत्र नपढिकनै सेवा लिन आउने गरेकाले अडियो मार्फत नागरिक वडापत्र सुनाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । अडियो नागरिक बडा पत्रबाट खास गरी निरक्षरहरु लाभान्वित हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ