arrow

संसद् अवरोध हटाउन सभामुखले बोलाए प्रधानमन्त्रीसहित शीर्ष दलका नेतालाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
sabhamukh-prachanda-deuba-oli-meeting-2080-04-22.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज संसद सञ्चालनमा सहजता प्रदान गर्न शीर्ष राजनीतिक दलहरूको बैठक बोलाएका छन् । 

बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा प्रधानमन्त्री, नेपाली कांग्रेस, नेकपा एमाले लगायतका शीर्ष नेतृत्वहरू सहभागी हुनेछन् । बैठकले मंगलवार बस्ने प्रतिनिधि सभाको अवरोध अन्त्य गर्ने विश्वास लिइएको छ । 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगेपछि प्रमुख प्रतिपक्ष दलले संसद अवरोध गर्दै आएको छ । 

कांग्रेसले मंगलवारसम्मको समय सीमा दिई संसदीय छानबिन समितिको माग गरेको छ ।

मंगलवारसम्म संसदीय छानबिन समिति नबनाए संसद सञ्चालन हुन नदिने कांग्रेसको अडान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ