arrow

सहकारी प्रकरण पेचिलो बन्दै : रास्वपाले गर्‍यो छलफल, सभामुखले डाके बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
ravi-lamichhane-home-minist.jpg

काठमाडौँ । सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि यो मामिलाले संसद थप पेचिलो बनेको छ । सहकारी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछाने माथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गरेर संसद्मा आन्दोलन गरिरहँदा संसद पेचिलो बन्दै गएको हो । 

यसबैबीच रास्वपा संसदीय दलको बैठकमा कांग्रेसले गरेको संसद अवरोधको बारेमा छलफल गरेको छ । आइतबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा संसद्मा नेपाली कांग्रेसले सहकारी प्रकरणको विषयमा पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्न उठाउँदै संसद अवरोध गर्दै आएको बारेमा छलफल भएको हो ।

 बैठकको बारेमा जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बैठकमा प्रमुख प्रतिपक्ष दलले संसद्मा आन्दोलन गरिरहँदा संसद पेचिलो बन्दै गएको बारेमा संसदीय दलको बारेमा छलफल भएको बताए । उनले आफू प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलासँग संवादमा रहेको बताए । 

उनले भने, ‘संसद पेचिलो ठाउँमा गएर अड्किएको छ । संसद्मा प्रमुख प्रतिपक्ष दल आन्दोलनमा छ । त्यो विषयमा हिजो पनि संवाद गरेका थियौँ, आज पनि त्यो गाँठोलाई कसरी फुकाउने र संसद्लाई सहज बनाउँदै अघि जाने भन्नेमा छलफल भएको छ । संसद अवरोधको विषयमा म आफू पनि निरन्तर प्रमुख प्रतिपक्ष र अन्य दलहरूसँग संवादमा छु ।'

त्यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आज शीर्ष राजनीतिक दलहरुको  बैठक बोलाएका छन् । संसद नियमित रूपमा चल्न नदिने कांग्रेसको अडानपछि अवरोध खुलाउन सभामुखले दलको बैठक बोलाएका हुन् । मंगलबारको संसद निर्बाध रूपमा अघि बढ्ने अपेक्षा सत्तारुढ दलले राखेका छन् भने छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्ष कांग्रेस आफ्नो अडानबाट नहट्ने बताउँदै आएको छ । 

 परियारले भने,' सम्माननीय सभामुखज्यूले पनि एउटा पहल लिनुभएको छ, सभामुखज्यूसँग हामी बिहान बस्दै छौँ ।  हामी बसेपछि २७ गतेको संसद्को काम कारबाही स्वाभाविक रूपमा अघि जान्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ