arrow

अमेरिकी कांग्रेसले सहायता रोके युक्रेनले युद्ध हार्न सक्छ– जेलेन्स्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
Volodymyr Zelenskyy.jpg

काठमाडौँ ।  युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्नका लागि सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने बबताएका छन् । 

कांग्रेसमा रिपब्लिकनहरूले महिनौँदेखि किएभका लागि अर्बौं डलरको सैन्य सहायतामा रोक लगाएका छन् । “कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ”, किएभ–सङ्गठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड२४ को भिडियो बैठकमा जेलेन्स्कीले भने । 

उनले युक्रेन सहायताबिना ‘बस्न’ (जीवित रहन) ‘कठिन’ हुने बताए । युक्रेनले युद्ध हार्यो भने अन्य राज्यहरूमा पनि हमला हुने उनले बताए । युक्रेनमा रुसले आक्रमण गरेको दुई वर्षभन्दा बढी भइसकेको छ । 

दक्षिणी जापोरिज्जिया क्षेत्रको गुलियापोल सहरमा रुसी हमलामा तीन जनाको ज्यान गएको किएभले आइतबार बताएको छ । 

उक्त क्षेत्रका प्रमुख इभान फेडोरोभले सामाजिक सञ्जालमा भने, “रुसी गोलाको प्रहारबाट ध्वस्त भएको आफ्नै घरको भग्नावशेषले किचेर दुई पुरुष र एक महिलाको मृत्यु भयो ।”



लोकप्रिय समाचार
नयाँ