गण्डकीमा दुई मन्त्रीसहित मुख्यमन्त्री अधिकारीले लिए शपथ
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
526
Shares
काठमाडौँ। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिएका छन् छन्। मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिएका छन्। अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गरेका हुन्।
एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो।