मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै गण्डकी काँग्रेसले प्रदेश प्रमुखलाई बुझायो पत्र
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
680
Shares
तस्बिर : फाइल
काठमाडौँ। गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै नेपाली काँग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ। राजीनामा नदिईकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।
नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समर्थनसहित पेस गरेको दाबीलाई स्वीकार गर्दै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए। यस अघि कोसी प्रदेश सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।