arrow

कांग्रेसले सहकारीबारे गृहमन्त्रीलाई संसदमा बोल्न नदिने, माग छानबिन समितिको 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
deuba-purna-dhanaraj.jpg

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि आरोप लागेका सांसदलाई मन्त्री नबनाउने बताएका भए पनि नयाँ समीकरण बनाएर तिनै आरोपीहरुलाई मन्त्रिपरिषद्मा स्थान दिएका हुन् । 



लोकप्रिय समाचार
नयाँ