arrow

प्रस्तावित महालेखापरीक्षक रायाको सुनुवाइ प्रक्रिया अघि बढाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया आजबाट अघि बढाइँदै छ । आज बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाइनेछ ।

हिजो बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको थियो। महालेखापरीक्षकमा सिफारिस भएका राया राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव थिए ।

आज अन्य दुई समिति पनि बस्दैछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ बजे बस्दै छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजना तथा समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ