arrow

अर्थमा बजेट लेख्न छ सदस्यीय नयाँ टीम, प्रवक्तामा खत्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
finance-ministry-mof.jpg

काठमाडौँ । अर्थ मन्त्रालयमा नयाँ बजेट लेखनका लागि ६ सदस्यीय टिम बनेको छ । आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्य तथा त्यससँग सम्बन्धित विधेयक निर्माणका लागि अर्थमन्त्री वर्षमान पुनले शुक्रबार उक्त टिम गठन गरेका हुन् । 

मन्त्रालयका सहसचिव धनीराम शर्मा नेतृत्वको उक्त समितिमा सहसचिव अर्थ मन्त्रालयका सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । शर्मा आन्तरिक राजश्व विभागकी उपमहानिर्देशक हुन् ।

प्रवक्तामा उत्तर कुमार खत्री

त्यस्तै अर्थ मन्त्रालयको प्रवक्ताको जिम्मा उत्तरकुमार खत्रीलाई दिइएको छ ।

मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख खत्रीलाई सो जिम्मेवारी दिइएको हो । यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा धनीराम शर्मा थिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ