नेपाल र आयरल्याण्डका ए टीमको टी–२० खेल आज, वर्षाले असर गर्ने सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
455
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए (वोल्भ्स) बीचको टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेल आज हुँदैछ । बिहीबार वर्षाका कारण हुन नसकेको खेल आज हुन लागेको हो ।
आज दिउँसो १ बजे खेल शुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानका अनुसार हिजो र आज गरी दुई खेल हुनुपर्ने भए पनि अब भने नयाँ तालिकाअनुसार आज, भोलि र सोमबार तीन खेल हुनेछ ।
तर आज पनि मौसम अनुकूल नभएकाले खेल पूरा हुनेमा शंका छ ।
नयाँ तालिकाअनुसार चैत २१, २३ र २५ गते एक दिवसीय पनि हुनेछ ।