arrow

नेपाल र आयरल्याण्डका ए टीमको टी–२० खेल आज, वर्षाले असर गर्ने सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
nepal-irelanda-24-03-25.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए (वोल्भ्स) बीचको टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेल आज हुँदैछ । बिहीबार वर्षाका कारण हुन नसकेको खेल आज हुन लागेको हो । 

आज दिउँसो १ बजे खेल शुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानका अनुसार हिजो र आज गरी दुई खेल हुनुपर्ने भए पनि अब भने नयाँ तालिकाअनुसार आज, भोलि र सोमबार तीन खेल हुनेछ । 

तर आज पनि मौसम अनुकूल नभएकाले खेल पूरा हुनेमा शंका छ । 

नयाँ तालिकाअनुसार चैत २१, २३ र २५ गते एक दिवसीय पनि हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ