arrow

इलाम २ उपनिर्वाचनः रास्वपाबाट मिलन लिम्बू बने उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
milan-limbu-rsp-ilam.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  बैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ ।

बिहीबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बू उम्मेदार बनेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

इलाम २ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषनारायण न्यौपाने रहेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ