arrow

जोखिमका बालबालिकालाई सहयोग

logo
गणेश खनाल,
प्रकाशित २०७३ मंसिर ६ सोमबार
students-in-nepal.jpg.jpeg
रुकुम । गाविसका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाले शैक्षिक, खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग पाएका छन्, । कमजोर आर्थिक अवस्थाको कारण अति जोखिममा परेका नुवाकोट, खोलागाउ सिम्ली र गरायला गाविसका  १ सय ८४ जना बालबालिकाले सहयोग पाएका हुन् । 
 
जसमध्ये ६४ जनाले शैक्षिक  सहयोग विद्यालय पोशाक, कपी, कलम, सामान्य ज्ञान, डिक्सनरी लगायतका सामग्री पाएका छन् । त्यसैमध्यका पनि ७ जनाले अत्यावश्यकिय सामग्री अन्तर्गत खाद्यान्न, न्यानो कपडा, भाडाकुडा प्राप्त गरेका छन् । 
 
४ वटा गाविस अन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत १ सय २० जना बालबालिकालाई पुग्ने गरी बसाई व्यवस्थापनको लागि स्कुन प्रदान गरिएको छ । आर्थिक अवस्था कमजोर भै पठन पाठन नै जोखिममा रहेका बालबालिकालाई सहयोग गरिएको रुकुमेली समाज विकास केन्द्रका बाल संरक्षण संयोजक कुवेर केसीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ