arrow

मस्को हमलामा मारिए ६० निर्दोष नागरिक, सरकारद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
foreign-ministry-parrastra-mofa.jpg

काठमाडौँ । नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

 “नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भत्र्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,” विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा हतियारधारीले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ । १ सय ४५ जना घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ