arrow

उपप्रधानमन्त्री श्रेष्ठको आइतबारदेखि चीन भ्रमण, अजेन्डा गोप्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
narayankaji-china.jpg
तस्बिर-फाइल

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

साथै भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्कनेछन् ।

उनको भ्रमणका क्रममा बीआरआई सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । यद्यपि यो गम्भीर विषयलाई गोप्य राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ