दुर्गा प्रसाईंका दुई बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
649
Shares
तस्बिर – दुर्गा प्रसाईं फाइल ।
काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन काठमार्डौँ जिल्ला अदालतले अनुमति दिएको छ।
सोमबार सर्वोच्च अदालत परिसरबाट लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो।
जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित पक्राउ दीपक खड्का र राजकुमार धिमाललाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिइएको हो ।
सोमबार दिउँसो सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।