arrow

कुमारी बैङ्कले ग्लोबल मनी वीकको अवसरमा सुरु गर्‍यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
kbl-financial-goal-calculator-qr.jpg

काठमाडौँ। विगत २५ वर्ष देखी बैङ्किङ समाधानहरू प्रदान गर्दै आएको नेपालको अग्रणी वित्तीय संस्था, कुमारी बैङ्क लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ। कुमारी बैङ्कले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको छ।

ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो जसले युवाहरूलाई सानै उमेर देखी आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरूको पहिचान र सो समाधानका उपायहरू सिकाउने गर्दछ भने कुमारी बैङ्क लिमिटेड पनि यस अभियानमा जोडिएको छ।

प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्दछ। यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधि र रकम मात्र राखेर यसबाट निश्चित भविष्यमा जम्मा हुन सक्ने बचत, सो बचत बाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरू अनुमान गर्न सक्दछन्।

बैङ्कले रिकरिङ्ग निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्दै आएको छ भने, बैङ्कको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरणहरू जस्तै इएम आइ क्याल्कुलेटरहरु पनि उपलब्ध भएको बताएको छ। रिकरिङ्ग निक्षेप क्याल्कुलेटर निः शुल्क प्रयोग गर्न तत्कालको लागी कुमारी बैङ्कको वेबसाइटमा जान सकिन्छ भने मोबाइल एपमा पनि यो सुविधा छिटै उपलब्ध हुने बैङ्कले जनाएको छ।

कुमारी बैङ्कले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६५ शाखारहित बैङ्किङ इकाई तथा ५१ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ