arrow

जलेश्वरनाथको शरणमा राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
ramchandra-jaleshwornath.jpg

जलेश्वर । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान महोत्तरी आइपुगेका राष्ट्रपति पौडेलले जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन् । 
    
राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराएका हुन् । उनले मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गरेका थिए ।

यसअघि राष्ट्रपति पौडेलले शनिबार बिहान महोत्तरीको पिपरामा लोकतान्त्रिक आन्दोलनका योद्वा रामनारायण मिश्रको शालिकमा माल्यार्पण गरेका थिए । 

बाबा जलेश्वरनाथको पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्व गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ