arrow

खेलकुद बाहेकका गतिविधि दशरथ रंगशालामा नगर्न मन्त्रालयको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
dasharath-stadium-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलकुद बाहेकका गतिविधि नगर्न निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दशरथ रंगशालासहित देशका अन्य रंगशालाहरु संचालनको कार्यविधि छिट्टै जारी गर्ने तयारी भैरहेको जानकारी दिदै कार्यविधि जारी नहुन्जेल खेलकुद बाहेकका गतिबिधि संचालन नगर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएको हो। 

दशरथ रंगशालामा खेलकुद बाहेकका गतिविधि संचालन गरेका कारण रंगशालाको अवस्था नाजुक बनेपछि नेपालले बहराइन विरुद्धको विश्वकप छनोटको खेल खेल्न सकेको थिएन । 

रंगशालाको अवस्था मापदण्ड अनुसार नभएको भन्दै बहराइनले खेल्न अस्वीकार गरेपछि सो खेल बहराइनमै हुने भएको छ।

अनि नेपालको रंगशाला जोगाउन नसक्ने साथै रंगशालामा अन्य गतिविधि गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले नै सिफारिस गर्ने अनि बहराइनमा हुने भएपछि खुशी भएर एन्फाका पदाधिकारीहरु लाबालस्कर लागेर बहराइन जाने भएपछि मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ