हाम्रो सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वकै लागि आकर्षक – राष्ट्रपति पौडेल
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
773
Shares
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिका बालकुमामारी क्वाछेँस्थित पुनःनिर्माण गरिएको बालकुमारी मन्दिरको बुधबार एक समारोहकाबीच उद्घाटन गरेका छन् ।
नेपालको संस्कृति, सुन्दर प्रकृति र सम्पदाको वैभव विश्वकै लागि आकर्षक रहेको बताउँदै यो वैभवशाली सम्पदाको संरक्षण गर्न जरुरी रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।
उनले काठमाडौँ, भक्तपुर र कीर्तिपुर कला र संस्कृतिको लागि धनी र वैभवशाली रहेको बताए । उनले भने, ‘कान्तिपुर, पाटन, कीर्तिपुर र भक्तपुर कला र संस्कृतिका लागि वैभवशाली छ । यहीका मन्दिरहरूमा ३३ कोटी देवीदेवता भेटिन्छन् ।’
राष्ट्रपति पौडेलले बालकुमारीको सुन्दर मन्दिर निर्माण हुनु प्रशंसनीय काम भएको बताउँदै ललितपुरमा रहेका पार्टी पौवा, मन्दिरको पुनःनिर्माण गरेर ललितपुर महानगरपालिकाले उदाहरणीय काम गरेको बताए ।