arrow

चार देशको सेनाको टोलीले भेट्यो राष्ट्रपति पौडेललाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
ramchandra-army-india-srila.jpg

काठमाडौँ । नेपाल भ्रमणमा रहेको चार देशको सैन्य टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेको छ । नेपाली सेनाको निमन्त्रणामा आएको टोलीले राष्ट्रपति पौडेललाई सोामबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा सोमबार शिष्टाचार भेट गरेको हो । 

टोलीले सामूहिक रुपमा राष्ट्रपतिलाई भेट गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । 

 युथ एक्सचेन्ज प्रोग्राम(वाइपी)मा सहभागी हुन भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सको टोली आएको हो । भेटमा चारै देशका नेशनल क्याडेट कर्पस्का महानिर्देशक, स्टाफ अधिकृत, समन्वय अधिकृत तथा क्याडेटहरू रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ