arrow

बाहिनीपति कपको उपाधि नं ४ गण हेडक्वार्टर सुनसरीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
sasastra-cup-sunsari.jpeg

सुनसरी । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीद्वारा आयोजित “बाहिनीपति कप प्रतियोगिता -२०८०” को उपाधि स.प्र.बल, नेपाल नं. ४ गण हे. क्वा. सुनसरीले जित्न सफल भएको छ। 

६ स्वर्ण, ६ रजत र २ कास्य गरी १४ वटा पदकहरु वितरण गरिएको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण र १ रजत पदक गरी ४ वटा पदकहरु जित्दै सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले ‘बाहिनीपति कप-२०८०’ को ट्रफी उचाल्न सफल भएको छ भने स. प्र. बल, नेपाल नं. ३७ रिजर्भ गण हेडक्वार्टर पकली, सुनसरी दोस्रो र सशस्त्र प्रहरी बल, नेपाल नं. ५ गण हेडक्वार्टर त्रियुगा उदयपुरले तेस्रो स्थान हासिल गर्न  सफल भएको छ ।

त्यसैगरी खेलगत विधामा फुटबल, भलिबल र टेवलटेनिसतर्फ सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरी र ब्याडमिन्टनतर्फ सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण हेडक्वार्टर पकली, सुनसरी  प्रथम भएका छन् ।

साथै एथ्लेटिक्स अन्तर्गत व्यक्तिगत स्पर्धामा पुरुषतर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण हेडक्वार्टर पकली, सुनसरी र महिलातर्फ सशस्त्र प्रहरी बल, नेपाल नं. ३८ रिजर्भ गण हेडक्वार्टर झापाले प्रथम स्थान हासिल गरेका छन् ।

विभिन्न खेलहरुमा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाण-पत्र र खेलका निर्णायक एवम् टिमका व्यवस्थापकहरुलाई प्रसंशा-पत्र प्रदान गरिएको उक्त कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले बाहिनीपति कपको ट्रफी सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यलाई हस्तान्तरण गर्दै सम्बोधनको क्रममा यस्ता खेलकुद प्रतियोगिताले सशस्त्र प्रहरी कर्मचारीहरुमा अझ अनुशासन र गतिशीलता ल्याउने, सम्भावना बोकेका नयाँ खेलाडीहरुको पहिचान गर्न सकिने, खेलकुदको माध्यमबाट राज्यलाई योगदान दिन सकिने, सशस्त्र प्रहरी कर्मचारीहरुमा आपसी बन्धुत्वको विकास भई कार्यक्षेत्रमा खटिन आत्मबलमा अभिबृद्धि हुने र निकट भविष्यमा आयोजना हुन गइरहेको ‘आईजीपी कप’ को लागिसमेत खेलाडीहरुको छनोट गर्न सहयोग पुग्ने बताए । 

संगठनको पेशागत गतिविधि चक्र अन्तर्गत चार दिनसम्म चलेको बाहिनीपति कप प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबल टेनिस गरी ५ वटा खेलका विधाहरु समावेश गरिएको थियो । 

विभिन्न ५ विधाका खेलहरुमा १२० जनाभन्दा बढी खेलाडी सशस्त्र प्रहरी कर्मचारीहरुले प्रतिस्पर्धा गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ