arrow

पोखराका कृषकले पाए घाटा लागेको रकम

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
pokhara-mahanagar.jpg

पोखरा । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगर प्रमुख धनराज आचार्यले ती फार्महरूलाई समर्थन मूल्य प्रदान गरेका हुन् । 

६० हजार ४ सय ४१ केजी च्याउ, २५ हजार ४ सय १७ केजी गोलभेँडा, ९ हजार ५ सय २० केजी सिमी र २ सय ९१ केजी कोदो गरी ९५ हजार ६ सय ६९ केजी कृषि उपजको रु.२६ लाख ७९ हजार ७ सय ६१ समर्थन मूल्य प्रदान गरिएको हो । 

पोखरा महानगरपालिका भित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका कृषकहरूलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए । 

चिसापानी च्याउ फार्म पोखरा-२२ का सन्दीप बहादुर क्षेत्रीले समर्थन मूल्य बापत ११ हजार १ सय ६६ केजी च्याउको रु.४ लाख ८५ हजार ९ सय ४० प्राप्त गरेका छन् । 

भुर्जङ्खोला च्याउ फार्म पोखरा-१९ का सुष्मा सुनार गहतराजले ७ हजार ५ सय ६० केजी च्याउको रु.३ लाख ६२ हजार ९ सय २०, शोभा अर्गानीक मल्टी एग्रो फार्म पोखरा-२६ का मुकुन्द खड्काले ९ हजार ७ सय १४ केजी च्याउको रु.३ लाख १७ हजार ४४, ग्रिनलाई मसरुम फार्म पोखरा-२४ का चोविन्द्र बहादुर कुँवरले रु.३ लाख १ हजार ७ सय ४० पाएका छन् ।

यस्तै, सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा-३३ का प्रताप सुवेदीले ९ हजार १ सय १३ केजी च्याउको रु.३ लाख ८ सय २२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा-११ का धुव्रबहादुर थापाले ५ हजार २ सय २५ केजी च्याउको रु.१ लाख ७४ हजार २ सय २६ रुपैयाँ प्राप्त गरे । 

यसैगरी भोर्लेटार च्याउ उद्योग पोखरा-३२ का मनोरञ्जन पौडेलले ६ हजार २ सय ३ केजी च्याउको रु.१ लाख ६८ हजार ७ सय ६, अधिकारी अर्गानीक च्याउ फार्म पोखरा-१४ की मीना अधिकारीले २ हजार ७ सय २४ केजी च्याउको रु.८३ हजार ४ सय ४४ र विमु अधिकारी च्याउ फार्म पोखरा-१४ की हरिमाया अधिकारीले १ हजार २ सय ५६ केजी च्याउको रु.४९ हजार ६ सय समर्थन मूल्य प्राप्त गरे । 

यस्तै, एसके कँडेल कृषि फार्म पोखरा-२८ का सन्तोष कँडेलले ३ हजार ९ सय ५० केजी सिमीको रु.६९ हजार ९ सय ५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले ३ हजार ६ सय ७० केजी सिमीको रु.६२ हजार ८ सय ९०, रातिपोखरी कृषि फार्म पोखरा-२२ की अग्निमाया बरालले ८ सय २५ केजी सिमी र १ हजार ७ सय ५४ केजी गोलभेँडाको रु.३५ हजार ४ सय २१, नीलम कृषि फार्म पोखरा-१४ का यामबहादुर घर्तीले २ हजार ६७ केजी गोलभेँडाको रु.२३ हजार ४ सय ७५ रुपैयाँ प्राप्त गरेका छन् । 

यसैगरी रोशन एन्ड रोहित कृषि फार्म पोखरा-१४ का रमेश खनालले २१ हजार ३ सय १४ केजी गोलभेँडाको रु.२ लाख १९ हजार ३ सय २९, पोखरा हिमाल कृषि फार्म पोखरा-१४ का बुद्ध गुरुङले १ हजार ७५ केजी सिमी र २ सय ८२ केजी गोलभेँडाको रु.१५ हजार ५ सय २४ र हरियाली कृषि फार्म पोखरा-३३ का शुकदेव सुवेदीले २ सय ९१ केजी कोदोको रु.८ हजार ७ सय ३० बुझे । 

सो अवसरमा प्रमुख आचार्यले पोखरा महानगरपालिका कृषकहरूको साथमा रहेको बताए ।

“कृषि उपजहरूको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र कृषकहरूका लागि निकै महत्त्वपूर्ण छन्, प्रमुख आचार्यले भने, कृषि व्यवसायमा लागेका कृषकहरू हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको छ, तपाँईहरु उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुहोस् महानगरपालिका साथमा छ ।” 

कृषि व्यवसायको प्रवर्द्धनका लागि आवश्यक प्राविधिक सहयोगका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए । 

समर्थन मूल्य प्राप्त गरेपछि कृषकहरूले कृषि व्यवसायका क्रममा आफूले बेहोर्नु परेको नोक्सानीमा मलहम लगाउन पोखरा महानगरपालिका सारथी बनेको प्रतिक्रिया दिए ।

यसले आफूहरूलाई प्रोत्साहन मिलेको उनीहरूको तर्क छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजहरूको समर्थन मूल्य तोकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ